५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

 न्यूज विराट
५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भएका छन् । आज थप २२६ जना निको भएका छन् ।

आज देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ८९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १५० जना आईसीयू, ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ७३ महिला र १२५ पुरुष गरी १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४६ भक्तपुर १६ र ललितपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  कोरोना संक्रमणबाट थप चार जनाको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा मंगलबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो । उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका...

आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...

भारतमा बन्यो कोरोनाको औषधि

एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...

दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु, २ माघ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।  ४८ मिटर लामो...

प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

विराटनगर, साउन २–पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट...

आज १४ अन्तर्राष्ट्रिय उडान, १२ सय नेपाली स्वदेश फिर्ता

काठमाडौं, १० असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान...

पाँचौ मिल्स गोल्डकप सुरू, उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा...

विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्