नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित

 न्यूज विराट
नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित

विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरे । संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एकजना सदस्य गरी तीनजनाबाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा. सन्जिबकुमार ठाकुरले ३ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डा. नविन कर्णले ३ सय २ मत प्राप्त गरे ।

उपाध्यक्षमा डा. बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा. यज्ञराज खरेल निर्वाचित भए । खरेलले ३ सय २२ मत प्राप्त गर्दा साहले २ सय ९७ मत ल्याए । महासचिवमा डा. राजेन्द्र चौधरी निर्वाचित भए ।

चौधरीले ३ सय ५१ मत ल्याएर विजयी हुँदा डा. रविराज सिंहले २ सय ७५ मत प्राप्त गरे । कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सिलवन्त सेन श्रीवास्तवे ३ सय ६ मत ल्याए ।

सहकोषाध्यक्षमा डा. जुबिन सिलवालले ३ सय ८० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. सरवेस कुमार झाले २ सय ४८ मत प्राप्त गर्नुभयो । सहसचिवमा सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर निर्वाचित हुनुभयो । उनका प्रतिस्पर्धी २ सय ५९ मत ल्याए । सदस्यहरूमा डा. रोशन खड्का, डा. अमरकुमार यादव, डा. अरबेन्द्रकुमार महतो, डा. अन्जु देव, डा. पार्थ गुरागाई र प्रेरणा दाहाल विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

भिमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्न अनेरास्ववियुको माग

भरतपुरको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका भीमबहादुर विश्वकर्मालाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालको हस्ताक्षरसहित जारी विज्ञप्तिमा सो घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन...

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाद्वारा महावीर पुनलाई सम्मान

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बुधबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रख्यात आविष्कारक महावीर पुनलाई सम्मान गरेको छ।वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक रकम जुटाउन आफ्नो...

अब मलामीले बाहेक अरूले पास नपाउने

काठमाडौं, ३ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधीमा पास लिएर गुड्ने सवारी साधनले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अवधिमा पास लिएरसमेत धेरै संख्यामा सवारी साधन गुड्ने...

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...

सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा...

‘ भ्यालेन्टाइन डे’ को लागि ह्यासट्याग सजाइयो, सांगीतिक कार्यक्रम हुने

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा रहेको ह्यासट्याग फुड एन्ड वारमा प्रेम दिवसमा विशेष कार्यक्रम हुने भएको छ ।विगत ४ वर्षदेखि प्रेम दिवसमा ह्यासट्यागले विशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि रिन्तरा दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्