मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

 न्यूज विराट
मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

बिराटनगर, ५ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

त्यसैगरी झापाको गौरादह नगरपालिका–१ मा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका–३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका–९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेकाहरु उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

सरकारलाई काभ्रेलीका तर्फबाट ‘डल्लै’ धन्यवाद : गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...

पाँच महिनामै कोसी अस्पतालको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट  (मेसु ) पाँच महिना पनि पुरा नुहदै परिवर्तन भएको छ ।  आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै  कोसी अस्पतालको निमित्त मेसुमा डा. रविराज सिंहलाई...

विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन...

रतुवामाइ समाजद्धारा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । रतुवामाई सामाज विराटनगरले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा आज दशैं, दिपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख आतिथि सार्वजनिक...

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...

नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने

विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ ।‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्