विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । विराटनगरमा जारी मतदानमा नेपाल चिकित्सक संघमा १२ सय ८१ जना सदस्यहरुले मतदान गरिरहेका छन । निर्वाचनमा डा.कैलाश कुमार श्रेष्ठको समूह र डा. फरवाड सिलवालको समूह बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
दुवै पक्षका डाक्टरहरु बीच सहमति नजुटेपछि उनीहरुका समूह बीच सबै पदहरुमा चुनावी प्रतिस्पर्धा भएको हो । नेपाल चिकित्सक संघको प्रस्तावनामा उल्लेख भए अनुसार चिकित्सकहरुको हकहितको संरक्षण तथा सम्र्बद्धन गर्ने उदे्श्यले संघको अध्यक्षमा उम्मेदवारी दिएको अध्यक्ष पदका उम्मेवार डा.कैलाश कुमार श्रेष्ठको भनाइ छ । उनले संघमा कुनै जातिय विशेष नहोस र कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहोस भन्नका लागि आफ्नो समूहले उमेदवारी दर्ता गराएको बताए ।
यस्तै चिकित्सकहरुलाई आवश्यक अनुसारको तालिम र उनीहरुको समस्यामा साथ सहयोग गर्न नेपाल चिकित्सक संघको निर्वाचनमा पुनः दोहोरियाएर अध्यक्षको उम्मेदवारी दिएको डा.फरवाड सिलवालको भनाई छ । वर्तमान अध्यक्ष समेत रहेका सिलवालले संघको भवन निर्माणकार्य देखि लिएर चिकित्सकहरुको हकहितका लागि आफ्नो समूहले काम गर्नेे बताए ।
्संघको निर्वाचनमा डा.श्रेष्ठको समूह तर्फबाट वरिष्ठ उपाध्यक्षमा,डा.सन्जिव कुमार ठाकुर, उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिवमा डा.रविन राज सिंह, सचिवमा सुधिर कुमार श्रेष्ठ, कोषाध्यक्षमा, डा.धिरज सिंह, सह कोषाध्यक्षमा सर्वेष कुमार झा, सदस्यहरुमा डा. अविशेक चौधरी, डा. पलावी झा, डा. रोशन खड्का, डा.दिपेन्द्र नौलाखा, डा. निषा अधिकारी, डा. राजेश्वर यादवको उम्मेदवारी रहेको छ ।
यस्तै डा. सिलवालको तर्फबाट वरिष्ठ उपाध्यक्षमा, डा.नवीन कुमार कर्ण, उपाध्यक्षमा डा. यज्ञराज खरेल, महासचिवमा डा.राजेन्द्र चौधरी, सचिवमा डा. शिवनन्द सेन श्रीवास्तव, कोषाध्यक्षमा, डा.सुनील रेग्मी, सहकोषाध्यक्षमा डा.जुवीन शिलवाल, सदस्यहरुमा डा. अन्जु देव, डा. अमर कुमार यादव, डा. पार्थ गुरागाई, डा.अमरेन्द्र कुमार महतो, डा.प्रेरणा दाहाल ,डा.कृष्ण प्रसाद नेपालको उम्मेदवारी परेको छ ।