ओली अराजक बन्दैछन्ः डा शेखर कोइराला

 न्यूज विराट
ओली अराजक बन्दैछन्ः डा शेखर कोइराला

विराटनगर, ३ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन् । आज विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले प्रधानमन्त्री अराजक बन्दै गएको आरोप लगाएका हुन् ।

ओलीलाई स्वेच्छाचारी र अराजक बनाउन माधव नेपाल र प्रचण्डको पनि भूमिका रहेको कोइरालाको भनाइ छ । मैले जे बोलें त्यही हो संविधान र कानुन भन्ने ओलीको मनसाय नेपाली जनताले नस्वीकार्ने कोइरालाले दावी गरे ।

मानअधिकारवादी नेता कृष्ण पहाडीले अदालतले संसद पुनस्र्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताए । अदालतले फोहोर नखाए संसद पुनस्र्थापना हुने पहाडीको दावी छ । उनले संविधानविपरीतको काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको आरोप लगाए ।

पार्टीका नेता, कार्यकर्ताले काम गर्न नदिएपछि र दलभित्र किचलो भएपछि प्रतिनिधिसभा विघटन गरेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको पहाडीको आरोप छ ।

कार्यक्रममा प्रदेश–१ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टी प्रदेश–१ का संसदीय दलका नेता जयराम यादव, मानवअधिकारवादी सोमराज थापा, महेन्द्र सिटौला, पत्रकार गणेश लम्साललगायतले प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले सच्याएर नेपालको राजनीतिलाई सहि ट्याकमा ल्याउनुपर्ने धारणा राखे ।

साधारणसभाले भेषराज पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन भएका छन् । त्यस्तै साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापालगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

सम्बन्धित समाचार

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...

सशस्त्र प्रहरी बल रानीका डिएसपी तानिए, विराटनगरको सीमा नाकामा कडाइ

विराटनगर । सशस्त्र प्रहरी बल मोरङको विराटनगर रानी प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी तानिएका छन् । रानी नाकाका डीएसपी ऋषिकेश राउतलाई सशस्त्रको नं. १ बराह बाहिनीमा तानिएको हो । बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले...

नुवाकोटका १ जनामा कोरोना आशंका

नुवाकोट, २४ वैशाख-नुवाकोटको विदुर नगरपालिकाका १ व्यक्ति कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज साँझ ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...

सुनवर्षीका एक संक्रमितको मृत्यु भएको गाउँ शिल

विराटनगर, साउन १५–कोरोना संक्रमित भएका व्यक्तिको मृत्यु भएपछि मोरङको सुनबर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि शिल गरेको छ । वडाबासी ४५ बर्षिय संक्रमित व्यक्तिको उपचारका क्रममा धरानको बुधबार साँझ विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा...

अनियमितता भएको भन्दै खगेन्द्र नवजीवन केन्द्रमा तालाबन्दी

काठमाडौं, ५ असार-गोकर्णेश्वर नगरपालिका-६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ । शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास...

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको छ : भारतीय विदेश सचिव

भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको  उद्घाटन गर्दै उनले...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्