नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

 न्यूज विराट
नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिइएको हो ।

नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको कोरोना भाइरसविरुद्धको यो पहिलो खोप हो । यो खोप भारतमा पनि भोलिदेखि आममानिसलाई लगाउन थालिँदै छ ।

भारतमै उत्पादन हुने अक्सफाेर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिशिल्ड’ नेपालमा भण्डारण गर्न सहज रहेको स्वास्थ्य मन्त्रालयकाे निष्कर्ष छ । यो खोप माइनस २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । ७७ वटै जिल्लामा सामुदायिक र संस्थागत गरेर ११ हजार खोपकेन्द्र छन् । कोभिशिल्ड यी खोप केन्द्रमा भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

उद्योग संगठन मोरङद्धारा शुभकामना आदन प्रदान कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सबै...

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

विराटनगर आएर ओलीले भने–एमाले देश निर्माणको अभियानमा लागेको छ

विराटनगर,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन...

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६...

रुकुम घटनाः जनार्दन शर्माले अपराधीलाई बचाउन खोजेको भन्दै प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौं, जेठ १३–रुकुमको घटनालाई लिएर संघीय संसदको प्रतिनिधिसभामा चर्काचर्की भएको छ । प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बोल्ने क्रममा सत्ता पक्ष सांसदले वडा अध्यक्षको बचाउ गरेपछि प्रतिपक्षी सांसदले विरोध जनाएका थिए । सत्तारुढ नेपाल...

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका...

विराटनगरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

विराटनगर । झी : पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा मंगलबार सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि...

१ हजार १५८ संक्रमित निको भए

काठमाडौं, २ असार-संक्रमण मुक्त हुनेको संख्या दिनदिनै बढी रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११७ जना कोरोना भाइरस संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्