
पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना
काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...
काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुगेका उनले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक संकट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताएका हुन् ।
‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ,’ उनले भने, ‘राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।’ अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनको भइसकेपछि अहिले देशमा संवैधानिक जटिलता थपिएको बताए । अध्यक्ष थापाले संविधानमा देखिएको अस्पष्टताको व्याख्या गर्ने अधिकार अब सर्वोच्च अदालतलाई भएको उल्लेख गरे । ‘संसद् विघटनले नेपालको संविधानमा रहेका विवाद र अस्पष्टतालाई उजागर गरेको छ’, अध्यक्ष थापाले भने, ‘अब यसको निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई मात्र छ ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले सर्वोच्च अदालतमा पुगेको मुद्दामा सडकमा पक्ष र विपक्षमा विरोध कार्यक्रम गरेर मुद्दालाई प्रभावित पार्ने काम भइरहेको भन्दै कोही कसैबाट पनि त्यस्ता खालका कार्य हुन नहुनेमा जोड दिए । रासस
काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...
समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले कोरोनाविरुद्ध लड्नुपर्ने यस्ताे संकटकालिन अवस्थामा सरकारले अध्यादेश...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण सोधेको हो । कोरोना भाइरसको विषयमा बोलेको भन्दै मन्त्री भानुभक्त ढकालको आदेशमा...
काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...
राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ । यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण...
काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...
विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...
विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.