सप्तरीमा डेढ महिनामा करेन्ट लागेर दुई हात्तीको मृत्यु

 न्यूज विराट
सप्तरीमा डेढ महिनामा करेन्ट लागेर दुई हात्तीको मृत्यु

विराटनगर, २५ पुस । सप्तरीमा डेढ महिनाको अवधिमा करेन्ट लागेर दुई हात्तिको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएसँगै डेढ महिनाको अवधिमा दुई हात्तिको मृत्यु भएको हो ।

नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान एक हात्तीको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए । हात्तीको विद्युतीय धरापमा परी मृत्यु भएको जानकारी वन डिभिजन कार्यालयलाई गराइसकिएको साहले बताए ।

दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाएका थिए । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ ।

सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो । नगरपालिकाको वडा नम्बर ५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो ।

सम्बन्धित समाचार

एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, २ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार...

दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको दोस्रो खेलमा कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कटिहारले १९.१...

हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने...

सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...

बाबुरामले भने : लोकतन्त्रका हत्यारादेखि सावधान

समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले कोरोनाविरुद्ध लड्नुपर्ने यस्ताे संकटकालिन अवस्थामा सरकारले अध्यादेश...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्