तीन किशोरीको उद्धार

 न्यूज विराट
तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५÷१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।
उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो । सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।
शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ ।
सीमा क्षेत्रमा रहेका दर्जनांै चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो । गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दशजना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका रहेका थिए । (रासस)

सम्बन्धित समाचार

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

रथयात्राको तयारी अन्तिम चरणमा

विराटनगर, २ भदौ । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथयात्रा निकाल्नका लागि सम्पूर्ण तायारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज विहान मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १ बैशाख-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना...

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् । केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल...

नेकपा केन्द्रीय सदस्य भन्छन्, ‘न्यायालयमा हाम्रै मान्छे छन् दासढुंगाको छानविन गरौँ’

काठमाडौं, ३ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले दासढुंगा हत्याकाण्डको छानविन अहिले नभए कहिल हुन्छ भन्दै प्रश्न गरेका छन् । मदन-आश्रितको २७ औँ स्मृति दिवसको अवसरमा आज ट्विट गर्दै उनले यस्तो प्रश्न...

नेपालले जित्यो टी-२० शृङ्खलाको उपाधि

काठमाडौं, २१ चैत । दीपेन्द्रसिंह ऐरीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस हारेर पहिलो...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्