बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

 न्यूज विराट
बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ ।

लालभित्ती चोकबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित छ रमितेडाँडा । जहाँ पछिल्लो समय वनभोज खान आउने र घुम्न आउनेको संख्या ह्वात्तै बढेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त र मनोरम दृश्यावलोकनको हिसाबले रमितेडाँडा आकर्षकणको केन्द्र बन्दै गएको छ । डाँडाको उच्च भागबाट नजिकै समथर फाँट देखिन्छ । रमिते पर्यटन क्षेत्रको डाँडामा एक सय दुई फिट उच्चाइमा बन्न लागेको भ्यु टावरले पूर्वका धेरै जसो ठाउँहरुको दृश्यावलोकन गर्न सकिने रमिते सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष कमल लिम्बूको भनाइ छ ।

उनले आगन्तुकहरुका लागि वनभोज खान कटेजलगायतका संरचनाहरु निर्माण भइरहेको बताए । उनले सामुदायिक वनको क्षेत्रफल १ सय ४१ हेक्टर र वनभोज खाने स्थल २ हेक्टर क्षेत्रफलमा रहेको अध्यक्ष लिम्बुले जानकारी दिए । उनले रमिते पर्यटन क्षेत्रमा वनभोज खान आउने र दृश्यावलोकन गर्न विशेष गरी शनिबार भीड लाग्ने गरेको बताए । रमिते पर्यटन क्षेत्र वनभोज खान र दृश्यावलोकन गर्न निकै रमणीय ठाउँ रहेको स्थानीय पर्यटक अमिसा श्रेष्ठको भनाइ छ ।

उनले रमिते पर्यटन क्षेत्रमा खाने पानी र विजुलीबत्ती, सरसफाई लगायतमा ध्यान दिन आग्रह गरिन् । रमिते डाँडा आन्तरिक पर्यटनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्रका रुपमा स्थापित भइरहेको छ । भ्यु टावर लगायत बन्न लागेका अन्य अरु संरचना निर्माणमा तीनै तहको सरकारले लगानी गर्न सके प्रदेश नंः १ मा नमुना रमिते पर्यटन क्षेत्र बन्न सक्ने नेपाल पत्रकार महासंघ मोरङ शाखाका उपाध्यक्ष कुमोद अधिकारीले बताउँछन् ।

उनले यस क्षेत्रको प्रचारप्रसार गर्न सबै लाग्नुपर्नेमा जोड दिए । बेलबारी–२ रमिते चौकबाट करिब २ किलोमिटर यात्रा गरेपछि पुगिने रमिते डाँडा समुन्द्र सतहबाट करिब २ सय ५० मिटर उचाइमा छ । रमिते डाँडादेखि पूर्व–उत्तरमा लेटाङ, केराबारी, उत्तरमा जेफाले पश्चिम–उत्तरमा धरान र दक्षिणमा तराई लगायतका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । तराईका सुन्दर फाँटको अवलोकन, सूर्योदय र सूर्यास्तको लोभलाग्दो दृष्य अवलोकन गर्न रमिते डाँडाले आकर्षित गर्ने गरेको छ । रमिते पर्यटक क्षेत्रको अझ दीर्घकालीन विकास गर्न स्थानीय र तीनै तहको सरकार बीच सहकार्य हुनु आवश्यक छ ।

सम्बन्धित समाचार

महोत्तरीमा एकै गाउँपालिकाका २ सय ७३ जनामा कोरोना पुष्टि

महोत्तरी, ४ असार-महोत्तरीको सम्सी गाउँपालिका गएराति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २ सय ७३ जनाको कोरोना नतिजा पोजिटिभ आएपछि राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्म सो...

मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...

विराटनगरमा लैंगिक समाज संवाद श्रृंखलाको सुरुवात

विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

विराटनगरको ह्यापी आवरमा होली विशेष कार्यक्रम, डिजेले तताउने माहोल

विराटनगर । विराटनगर–४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । होलीका नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्तरुपमा आयोजना गर्न लागेको हो । चैत्र १३ गते...

विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम...

बलिउड संगीतकार वाजिद खानको निधन

एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ  । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ । वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका...

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षण

पोखरा, ६ जेठ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ । प्रदेश सरकारले आह्वान गरेको संसद अधिवेशनको पूर्वसध्यामा मुख्यमन्त्री, मन्त्री, सचिव र कर्मचारीलगायतको कोरोना परीक्षणका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्