काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आज प्रतितोला ९५ हजार ९ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सो सुन प्रतितोला ९४ हजार ८ सयमा सोमबार कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।