नेपाली कांग्रेस महाधिवेशनः मोरङमा वडा अधिवेशन शान्तिपूर्ण

 न्यूज विराट
नेपाली कांग्रेस महाधिवेशनः मोरङमा वडा अधिवेशन शान्तिपूर्ण

विराटनगर, ६ असोज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि मोरङमा हिँजो वडा अधिवेशनमा आज शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ।

जिल्लाका १७ वटा स्थानीय तहका १५९ वटै वडाको अधिवेशनको अधिकाँश स्थानमा सम्पन्न भएको नेकां मोरङ जिल्ला निर्वाचन अधिकृतको कार्यालयका प्रमुख केदार बहादुर कार्कीले बताउनुभयो ।

विराटनगर महानगरपालिका वडा नं ६ मा केही प्राविधिक समस्या र जिल्लाका अन्य तीन स्थानमा सर्वसहमति कायम गर्नका लागि बिहीबार निर्वाचन गरिने अधिकृत कार्कीले बताउनुभयो ।

निर्वाचन आज विहान ८ बजेदेखि साँझको ५ बजेसम्म सञ्चालन भएको थियो । मोरङमा आज सबै ३० हजार ५३२ क्रियासिल सदस्यहरुले मतदान गरेका छन ।

अधिवेशनले प्रत्येक वडामा एक जना वडा सभापति, दुई जना उपसभापति दुई जना सचिव दुई जना सहसचिव र आठ जना वडा कार्यसमितिका सदस्यहरु, प्रत्येक वडाबाट तीन जना गाउँ÷नगर प्रतिनिधि र सदस्य सङ्ख्याको आधारमा क्षेत्रीय प्रतिनिधिहरुको समेत चयन गर्ने छ ।

विधान अनुसार कार्यसमिति र एक वडामा १६ जनादेखि ७६ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन । यसैगरी मोरङको रतुवामाई र रंगेली नगरपालिकामा अधिकांश वडामा सर्वसम्मतिबाट पदाधिकारी र प्रतिनिधि छानिएको नेकां जिल्ला सचिव मोदराज घिमिरेले बताउनु भयो ।

 

 

सम्बन्धित समाचार

प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

पोखरा, २६ वैशाख  -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी...

यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा...

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...

सार्कमा कोरोना बहसः पाकिस्तानका प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, चैत २–सार्क मुलुकका सरकार प्रमुख अहिले भिडियो कन्फ्रेन्सिङमार्फत छलफल गरिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित छलफलमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अनुपस्थित छन् । छलफलमा नेपालका प्रधानमन्त्री...

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

वरियता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ:त्रिपाठी

काठमाडौं, २१ जेठ । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।...

विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार...

विश्व मुख स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतना मुलक प्रभातफेरी निकालिएको छ । नेपाल डेन्टल एसोसिएसन मोरङले विराटनगरमा बुधबार विहान प्रभातफेरी निकालेको हो । डेन्टल एसोसिएसनले मुखलाई स्वास्थ्य जागरुकता फैलाउने उद्देश्यले सचेतना मुलक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्