३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

 न्यूज विराट
३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

चितवन, २० पुुस-सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहनुभएको थियो । उहाँ गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्छ ।
उहाँसँगै श्रीमान् र आमासमेत सङ्क्रमित हुनुभएको छ । अधिकारीले भन्नुभयो, “निकै गाह्रो हुँदो रहेछ ।” उहाँले टाउको, शरीर र छाती दुखेको बताउनुभयो । उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो ।
उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ”, डा अधिकारीले भन्नुभयो “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।”
जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् । (रासस) 

सम्बन्धित समाचार

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

आज देशभर ६१३ संक्रमित थपिए, ७३९ जाना डिस्चार्ज

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको...

विराटनगरमा आज एकैदिन २३३ जनामा कोरोना संक्रमण

विराटनगर, १२ माघ । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा...

आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय...

२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७  जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या...

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा वडाध्यक्षसँग पराजीत भए प्रदेश सांसद

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री...

विराटनगरको नोबेल अस्पतालका डाक्टर मृत अवस्थामा भेटिए, हत्याको आशंका

विराटनगर, १९ चैत । विराटनगर स्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर बिजय यादब मृत भेटिएका छन् । सप्तरिको राजविराज घर भइ विराटनगरमा बस्दै आएका २८ बर्षिय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन्...

वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्