फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

 न्यूज विराट
फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो ।
राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् ।
लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिनुभएको हो । अभ्यासका क्रममा उहाँलाई गम्भीर चोट लागेको हो । उहाँको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
चोटबाट मुक्त भएपछि अर्याले भने टोलीमा फर्कने एन्फाले जनाएको छ । विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ । (रासस) 

सम्बन्धित समाचार

चालक संघको वार्षिक उत्सवमा विराटनगरमा रक्तदान

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको बार्षिक उत्सवको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चालक संघले विराटनगर महानगरपालिका अगाडि आज विहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघले...

लडेर १ जनाको मृत्यु

संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...

शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाएको खुलासा

विराटनगर, चैत २–केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो । आगलागीबाट...

मन्त्रिपरिषद् बैठक सुरुहुँदै ‘लकडाउन’ अवधि बढाउने तयारी

काठमाडौं, २ वैशाख-सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अबस्थामा मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ ।प्रधामन्त्री निवासमा बालुवाटारमा बस्ने बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक...

कोशी अस्पतालबाट फरार भएका कैदी एक हप्तापछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...

तेली कल्याण समाजमा स्वास्थ्यकर्मी संगठित, अध्यक्षमा डाक्टर दिलिप कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपालले स्वास्थ्यकर्मीहरुको छुट्टै तदर्थ समिति गठन गरेको छ । विराटनगरमा भएको संघको प्रथम अधिवेशनले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा विराट मेडिकल कलेजमा कार्यरत नेफ्रोलोजिष्ट डाक्टर दिलिप कुमार...

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्