जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा

 न्यूज विराट
जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा

काठमाडौँ, १६ पुस-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको जनाउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै उहाँले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

सो अवसरमा सभापति देउवाले भन्नुभयो, “बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।” बिपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नुभएको बताउँदै उहाँले लोकतान्त्रिक अधिकार शान्तिपूर्ण ढङ्गले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको स्मरण गर्नुभयो ।

“मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो, बिपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट नेता गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो”, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

आगलागी प्रभावितलाई राहत प्रदान

लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ । राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्नलगायत राहत सामग्री शनिबार वितरण गरिएको हो । विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४...

युवा सामाजिक अभियन्ताद्वारा विराटनगरमा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

कांग्रेस मोरङले सुरु गर्यो कोरोना भाइरसबारे सचेतना अभियान

विराटनगर, चैत १०–नेपाली कांग्रेस मोरङले कोराना भाइरसबारे सचेतना अभियान सुरू गरेको छ । कांग्रेसको विभिन्न तहबाट आएको सुझावका आधारमा मोरङ कांग्रेसले सचेतना अभियान सुरू गरेको हो । मोरङ काग्रेसका सभापति डिगबहादुर लिम्बूका अनुसार प्रचारप्रसारलाई व्यापक...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् । उनले भने, 'सरकारी गाडीहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्