चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

 न्यूज विराट
चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

एजेन्सी, १६ पुस-चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःशर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्त्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिडविरुद्धको खोप आपतकालीन प्रयोगअन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरूमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरू फाइजर र मोडर्नाले विकास गरेका खोपहरू क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददातासँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘सःशर्त’ अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरू वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए ।

चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भने, ‘कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौँ ।’

बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौँ व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाइ छ ।

सम्बन्धित समाचार

हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...

सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग...

आत्महत्या रोक्न प्रहरीको विशेष अभियान

विराटनग । ७ प्रदेश मध्ये सबैभन्दा बढी १ नं. प्रदेशमा आत्महत्या गर्ने बढेपछि प्रहरीले ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान’ सुरू गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयसँग...

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता

विराटनगर । कोशी प्रदेश सरकार मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेको सरकारी हस्पिटलहरुमा ल्याब सेवा विस्तार गरेको छ ।विराटनगर १४ मा रहेको प्रयोगशालाले कोशी प्रदेश भित्रको १४ जिल्ला अस्पताल र पाँच वटा...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा...

स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

काठमाडौं, २६ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ । मन्त्रालयको नियमित...

कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि इटहरी उपमहानगरपालिका थप दुई दिन बन्द

विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो । कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्