नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

 न्यूज विराट
नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

काठमाडौं, १० पुस-प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्मा केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

पूर्वमाओवादी समूहबाट आफ्नो पक्षमा खुलेकाहरूलाई ओलीले मन्त्री बनाएका छन् । विस्तारित मन्त्रिपरिषद्का नयाँ सदस्यका रूपमा टोपबहादुर रायमाझीले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यता मणि थापाले खानेपानी मन्त्रालय सम्हाल्ने छन् भने प्रभु शाह दोस्रोपटक शहरी विकासमन्त्री बनेका छन् ।

प्रेम आलेले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गणेश ठगुन्नाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यता गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् । जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् । विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

ओलीले केहीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुनमन्त्री रहेकी शिवामाया तुम्बाहाम्फेलाई भूमिसुधार मन्त्रालय पठाइएको छ भने भूमिसुधार मन्त्री रहेकी पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यता सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका हृदय त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ भने स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । महिला तथा बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानुनमन्त्री बनेका छन् भने शहरी विकासमन्त्री रहेका कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने ओलीले हटाएका छन् ।

सम्बन्धित समाचार

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

रमाले जन्म दिएकी तिम्ल्याहा शिशु विराट हस्पिटलले बचायो

विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम ९विराटनगर अस्पताल०  मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ । हस्पिटलका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. दिपराज अधिकारीको...

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

टि–२० क्रिकेट प्रतियोगिता, मोरङ र आयोजक मिल्स क्रिकेट विजय

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर...

ऋचा मेमोरियल टी–२० क्रिकेट : फाइनलमा आर्मीलाई एनबीएससीको १११ रनको लक्ष्य

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको आजको फाइनलमा विभागीय टिम त्रिभूवन आर्मीलाई घरेलु टिम एनबीएससीले १११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशवलप २ बलमा सबै...

प्रदेश १ को प्रदेशसभा बैठकः तुइन काट्ने भारतीय एसएसवीलाई कारवाही गर्न सांसदको माग

विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको वीमा गर्ने

विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्