पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १ सय २० पुगेको छ ।

प्रदेश १ मा आइतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा सात, झापामा पाँच, सुनसरी र संखुवासभामा दुई÷दुई, ओखलढुङ्गामा एक र प्रदेश १ बाहिरका चार जना रहेको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा आठ, पथरीशनिश्चरेमा तीन, बुढीगंगामा दुई, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका एक÷एक, इलामको इलाम नगरपालिकामा सात, झापाको दमकमा दुई, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा एक÷एक, सुनसरीको ईटहरी र संखुवासभाको खाँदबारीमा दुई÷दुई, ओखलढुङ्गाको चिशंखुगढीमा एक र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार तीन सय ३२ पुगेको छ ।

प्रदेश १ मा आइतबार २ सय ९९ जना मात्र को पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म २ लाख ४ हजार २५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कुलमानविरुद्ध परेको मुद्दामा मिसिल कागज झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी भएको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउन आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो 

काठमाडौं, १८ साउन -नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीय महिला रहेकी छन् ।  ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा...

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउँछु : डिआइजी बास्तोला

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरिय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा...

शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग

काठमाडौं, २८ वैशाख-नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेललाई भेटेर महासंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षकको तलब बढाउन माग गरेको हो । ‘विद्यालयका कर्मचारी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्