थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

 न्यूज विराट
थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १ हजार १७५ जना निको भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । देशभर कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । कुल संक्रमितमध्ये ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवघिमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

सम्बन्धित समाचार

मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जीनियरिङमा पहिलो ‘ब्याच’ को पठनपाठन सुरु

विराटनगर, २७ असार । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङले पठनपाठन सुरु गरेको छ । स्कुल अफ इन्जिनियरिङमा पहिलो ब्याचको पठनपाठन औपचारिकरुपमा सुरु भएको हो । स्कुल अफ इन्जिनियरिङले स्वागत...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर...

ठुलो दुर्घटना हुनबाट जोगियो, ग्याङ फाइट गर्न हिँडेका १५ जनाको समूह तरबारसहित पक्राउ

विराटनगर । ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट पक्राउ गरेको छ । युवतीको विषयलाई लिएर हुन आटेको ग्याङ फाइट गर्न हिँडेको १५ जनाको समूहलाई मोरङ प्रहरीले आज दिउँसो तरबारसहित...

हातेमालो फाउण्डेसनद्धारा हटलाइन सेवा सुरु

विराटनगर, चैत ११–कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेसगै बिरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्यालाई फोनबाटै परामर्श दिइने र...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्