भरे ५ बजे संवैधानिक परिषद्, अध्यादेश फिर्ता नभएसम्म देउवा नजाने

 न्यूज विराट
भरे ५ बजे संवैधानिक परिषद्, अध्यादेश फिर्ता नभएसम्म देउवा नजाने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सरकारले अध्यादेश फिर्ता नगरेसम्म संवैधानिक परिषद् बैठकमा नजाने भएका छन् ।

तीन सदस्यीय सदस्य उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले मंगलबार जारी गरेको थियो ।

अध्यादेश फिर्ता नभएसम्म देउवा बैठकमा सहभागी नहुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘अध्यादेश फिर्ता नगर्दासम्म प्रतिपक्षी दलका नेता संवैधानिक परिषद्को बैठकमा सहभागी हुनुहुन्न,’ शर्माले भने ।

प्रधानमन्त्री केपी ओलीले अध्यादेश फिर्ता नलिँदै संवैधानिक परिषद्को बैठक फेरि बोलाएका छन् । साँझ ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,  ३ कात्तिक-दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...

अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाख (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय...

नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना...

पीसीआर गराउँदा परिचयपत्र अनिवार्य

सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...

वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन

विराटनगर । वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै डा. रोकाको कविता सङ्ग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८...

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्