रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

 न्यूज विराट
रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताएका छन् ।

जनप्रतिनिधि विहिनताको अवस्थामा स्थानीयको आवाज नसुनिएका कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको उनले बताए । रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकनगरि मुआब्जावितरण सुरु गरिएको थियो । मुआब्जा वितरण बैज्ञानिक नभएपछि करिव २२ घर परिवारलेले मुआब्जा लिन मानेका छैनन ।

मन्त्री घिमिरेले पुर्नमुल्यांकनका लागिहुने सम्मपहलगर्ने बताउनुभयो । उनले स्थानीयको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने बताए । मन्त्री घिमिरेले भने,‘ परियोजनाजति छिटो बन्छ, त्यति छिटो स्थानीयले लाभलिन सक्नेछन् ।’ उनले राजनीतिक रुपमापनि समस्या समाधानका लागि पहल गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जग्गाको पुर्नमूल्याकंनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताए । गृहमन्त्रालयबाट निर्णय भएर आएगर्न सकिने उनको भनाई छ । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकठ्ठा ८ लाख भन्दा कम पाउनेहरुले मुआब्जा नलिएको बताए ।

पीडितका समस्या समाधाननगरि डोजर चलाएर विकास निर्माणको कार्य अघि बढाउन नसकिने उनको भनाई छ । प्रमुख कामतले पुर्नमुल्यांकन गरेर मुआब्जावितरणका लागि पहल गरिदिन मन्त्री घिमिरे समक्ष आग्रह गरे ।

स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्यांकन फरक–फरक भएपछि मुआब्जा नलिएको बताए । मुआब्जाको विवाद छिटो मिलाउन उनले आग्रह गरे । जग्गाको मुल्यांकन पछि ९ बर्षमा पहिलो पटक पीडितका कुरा संवन्धित निकायले सुनेको चौधरीले बताए । पीडितसँग कहिलै सरोकार वालाले छलफल नगरेको उनको गुनासो थियो ।

रेलविभागका साइट इन्जिनियर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानुनी प्रक्रिया पुरा भईसकेको बताए । कानुनीप्रक्रिया अघि बढेकाले चाँडै काम शुरु गर्ने उनको भनाई छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०११ मा सुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये पाँचकिमिमाभारतमा पर्छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३.६ किमि भूभाग पर्छ । विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भएपनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको ३ किमि क्षेत्रमा काम अबरुद्ध छ ।

सम्बन्धित समाचार

कुवेतबाट नेपाली लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण

काठमाडौं, २९ जेठ-कुवेतबाट नेपालीलाई लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण गरेको छ । विभिन्न कारणले अवैधानिक बनी आममाफी पाएर घर फर्किएका नेपाली  महिला लिएर आएको दोस्रो जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा १२ः१४ मा अवतरण गरेको...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४...

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

सुनको मूल्य ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन-सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ । आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजावी...

कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्