सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामाः मन्त्री घिमिरे

 न्यूज विराट
सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामाः मन्त्री घिमिरे

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उनले बताए ।

सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भईरहेको मन्त्री घिमिरेले बताए । सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।

सडकमा आश्रित बढी बालबालिका भएका जिल्लाहरुमा केन्द्रित गरेर काम शुरु गरिने उनले बताए । मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएका बालबालिकालाई विराटनगर र इटहरीमा निर्माण गरिएको आश्रम स्थलमा राख्ने गरिएको उनले बता ए।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश १ लाई चाँडै सडक आश्रित सहयोगापेक्षी मुक्त घोषणा गरिने बताइन् । उनले १३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष स्थापना गरि १ करोड ३७ लाख बजेट पठाईसकिएको बतारुइन् । सुनसरीको वर्जु गाउँपालिका उपप्रमुख संगीता राय, हरिनगर गाउँपालिका उपप्रमुख रिमझिम भगत, गढी गाउँपालिका उपप्रमुख राजकुमारी चौधरी र रामधुनी नगरपालिकाका उपप्रमुख सविना चौधरीले एकल महिलालाई स्वरोजगारका लागि वीउ पूँजीको व्यवस्थाको साथै बाल विवाह र हिंसा अन्त्यका लागि विभिन्न चेतनामुलक कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति अध्यक्ष खड्गवहादुर वस्नेत, इन्सेक प्रदेश १ संयोजकसोमराज थापा, मानवअधिकार आयोग प्रदेश १ निमित्त प्रमुख गीता दाहाल, कोकन अध्यक्ष मञ्जिता उपाध्याय लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगर कमिटीले विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरका लागि साढे ८ लाख रुपैयाँ सहयाेगस्वरूप उपलब्ध गराएको छ । लकडाउन लम्बिरहँदा समस्या परेका विपन्न नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री दिलाउन नेकपाले...

औषधी व्यवसायी ढकालले मानव सेवा आश्रममा मनाए जन्मदिन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले ५१ औँ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । विराटनगरस्थित मानव सेवा आश्रममा बिहीबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् । विगतका...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

विराटनगरमा तेली कल्याणको होली मिलन कार्यक्रम

विराटनगर । विराटनगरमा तेली कल्याण समाज नेपालद्वारा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार होली मिन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।समाजका महानगर अध्यक्ष सञ्जय कुमार साहको...

बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

नेकपाको आन्तरिक शक्ति संघर्षले देश अस्थिरता तर्फ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारुढ नेकपाले देश अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाएको छ । मंगलबार  राप्रपाका तीनै जना अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत यस्तो संकेत गरेको हो ।  कोभिड-१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्