पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ संक्रमित थपिए

विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ । एकै दिन प्रदेश १ को झापा जिल्लाका दुई महिला र पाँच पुरुषको मृत्यु भएको हो । यो सँगै प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । जसमध्ये पाँच महिला र २५ पुरुष प्रदेश १ बाहिरका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १८, सुनसरीमा पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा दुई÷दुई, संखुवासभा र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा दुई र रतुवामाईमा एक, झापाको विर्तामोडमा छ, दमकमा चार, गौरादहमा तीन, शिवसताक्षीमा दुई, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा एक÷एक, सुनसरीको इटहरीमा दुई, इनरुवा, रामधुनी र बर्जुमा एक÷एक, तेह्रथुमको लालीगुराँसमा दुई, ताप्लेजुङको फुङलिङमा दुई, उदयपुरको त्रियुगामा दुई, संखुवासभाको खाँदबारी र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका पाँच जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आइतबार ५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । प्रदेश १ मा आज चार सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

४ हजार ८ सय सक्रिय संक्रमित
प्रदेश १ मा हालसम्म २८ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले ४ हजार ८ सय १७ जना मात्र सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ६ सय ३५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

आइतबार संक्रमण पुष्टि भएकासहित प्रदेश १ को मोरङमा सवैभन्दा बढी ६ सय ९१ महिला र ९ सय ८० पुरुष सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी झापामा ५ सय ११ महिला ७ सय २६ पुरुष, सुनसरीमा ४ सय ५१ महिला ६ सय ११ पुरुष, धनकुटामा १० महिला २१ पुरुष, भोजपुरमा ३ महिला ९ पुरुष, खोटाङमा ६ महिला ९ पुरुष, उदयपुरमा २० महिला ४१ पुरुष, सोलुखुम्बुमा ३ महिला ४ पुरुष, संखुवासभामा ३२ महिला १ सय ११ पुरुष, तेह्रथुममा ७ महिला १३ पुरुष, इलामा ७३ महिला १ सय २० पुरुष, पाँचथरमा १३ महिला ३२ पुरुष, ताप्लेजुङमा १३ महिला ४४ पुरुष, ओखलढुंगामा दुई पुरुष र प्रदेश १ बाहिरका ७२ महिला १ सय ८४ पुरुष उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...

प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरमा बुधबार भएको तेस्रो महानगर अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएका श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित...

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्स कलेजको सम्मान

विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे बिभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् । एम्सकी विद्यार्थी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्