नेकपा स्थायी कमिटी बैठक सकियो, १ पुसमा अर्को बैठक बस्ने

 न्यूज विराट
नेकपा स्थायी कमिटी बैठक सकियो, १ पुसमा अर्को बैठक बस्ने

नेकपाको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबारको स्थायी कमिटीको बैठकका लागि लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा राखिएको थियो ।

स्थायी कमिटीको अर्को बैठक १ पुसमा बस्ने निर्णय भएको छ । ५ पुसमा भने केन्द्रीय कमिटीको बैठक बस्ने २१ मंसिरको स्थायी कमिटीले निर्णय गरिसकेको छ । आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी थिए ।

पार्टीभित्रको अन्तरविरोधबारे छलफल गर्ने बैठकमा आफू सहभागी नहुने अडान राख्दै आएको ओली लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा भएकाले सहभागी भएको एक नेताले जानकारी दिए ।

लामाको शोक प्रस्ताव मात्रै कार्यसूचीमा हुने भए बैठकमा सहभागी हुने ओलीको सन्देश स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बिहान अध्यक्ष प्रचण्डलाई सुनाएका थिए । त्यसपछि नै धुम्बाराही पार्टी कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटार सारिएको थियो ।

सम्बन्धित समाचार

पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

प्रेस काउन्सिलका कावा अध्यक्ष श्रेष्ठद्वारा सर्वोच्चमा रिट

काठमाडौं, १ भदौ-प्रेस काउन्सिल नेपालको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा...

तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर...

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, कार्तिक २२ । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक...

कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १२ साउन-बैंक तथा वित्तीय संस्थाले आगामी ३ वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्