ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

 न्यूज विराट
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन र आम निर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई वहुमतको निर्णयबाट हटाउन खोज्नु नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)लाई अस्तव्यस्त बनाउने प्रष्ट पारे ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे । नेता बाँस्कोटाले राजनीतिक र पार्टीको स्थिरताका लागि महाधिवेशनवाट निर्वाचित अध्यक्षलाई वहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने दावी गर्दै वहुुमत सदस्यहरुले आफ्नो दृष्टिकोण राख्न सकिने बताए ।

नेता बाँस्कोटाले अहिलेको पार्टीको विवाद छलफल र सम्वादबाट समाधान गर्न सकिने बताउदै निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पुरा हुुनुपर्नेमा पार्टीका कार्यकता र आमजनताको चाहना रहेको बताए ।

पूर्वमन्त्री बाँस्कोटाले पार्टीको स्थायी कमिटीमा प्रधानमन्त्री विरुद्ध पेश गरिएको राजनीतिक प्रस्ताव नभएर एउटा कुण्ठा र आरोपपत्र रहेको प्रष्टपारे । अको प्रश्नको जवाफमा उनले प्रधानमन्त्रीबाट स्थायी कमिटीमा पेश गरिएको पत्र जवाफ मात्र भएको भन्दै उनले पार्टीलाई फुटबाट रोक्न दोश्रो पुस्ताका नेताले त्यसमा हस्तक्षेप गरी साझा सहमती कायम गर्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिको नाममा हिंसा र व्यक्ति हत्या स्विकार्य हुननसक्ने बताउँदै कम्यूनिष्टको नाममा व्यक्ति हत्या खेदजनक रहेकोमा भत्र्सना पनि गरे । राजाबादीको प्रदर्शनका सम्वन्धमा उनले लोकतन्तको विकल्प छैन भन्दै यसमा व्यवस्था फेर्न सकिदैन र जनता निरंकुशता र कुडा करकट तिर चाहदैन भने ।

एक प्रश्नको जवाफमा नेता बाँस्कोटाले पार्टीको जिम्मेवार पदमा वसेका नेताका सम्वन्धमा उठेका नैतिकताका विषयमा हुने छानवीनका लागि पद त्याग गर्नु उचित हुने आफ्नो निजि विचार रहेको बताए । संवैधानिक निकायको खाली रहेको पदमा हुने नियुक्ति लागि वोलाइएको परिषदको वैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्छ भन्दै उनले अन्यथा निकाय कमजोर हुनाले सरकारले ध्यान दिई अध्याधेश ल्याउन सक्ने धारणा राखे ।

सम्बन्धित समाचार

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा साइकल वितरण

विराटनगर। २२ वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्रा र महिलाहरुलाई साइकल वितरण गरेको छ । क्लबले विराटनगरको खार्जी, बखरी, जहदा गाउँपालिकाको बुधनगर र सुनसरीको बर्जु गाउँपालिकाका छात्रा र महिलाहरुलाई एक÷एक थान साइकल वितरण...

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ६ भदौ-वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।  गण्डक बहुअरीस्थित...

काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाट

सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दाहरूले बाहिरी व्यक्तिहरूलाई आवतजावतमा निषेध गरेका छन् । कोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा...

माधव नेपालको बेहाल, नवौं महाधिवेशनबाट निर्वाचित सवै पदाधिकारीले छाडे साथ

काठमाडौं, भदौ २ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आउनु भएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्