पत्रकार विश्वकर्मालाई सम्मान गरिने

 न्यूज विराट
पत्रकार विश्वकर्मालाई सम्मान गरिने

विराटनगर, २७ मंसिर–मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका सकृय पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पत्रकार विश्वकर्मालाई सम्मान गर्ने भएको हो । महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको अवसर पारेर नगदसहित सम्मान गर्न लागिएको हो ।

करिब डेढ दशकदेखि मोरङ जिल्लालाई कार्यक्षेत्र बनाई प्रदेश १ को राजधानी विराटनगरमा बसेर सकृृय रुपमा निरन्तर कलम चलाउँदै आएका पत्रकार विश्वकर्मालाई आगामी मंसिर २९ गते विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा हुने अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेलाको अवसर पारेर सम्मान गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए।

पत्रकार विश्वकर्माले पत्रकारिता सुरु गरेदेखिनै निरन्तर घरेलु तथा साना उद्योगका समस्या, चुनौती, सम्भावना र महासंघका गतिविधि आफु कार्यरत सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको र पत्रकारिताका माध्यमबाट घरेलु तथा साना उद्योगका क्षेत्रमा उल्लेखनिय योगदान गरेकाले कार्यसमितिको बैठकले सर्वसम्मतरुपमा सम्मान गर्ने निर्णय गरेको उपाध्यक्ष निरौलाले बताए ।

पत्रकार विश्वकर्मा हाल गोरखापत्रमा आवद्ध छन भने र शिलापत्रको प्रदेश १ संयोजक हुन् । नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल कार्य समिति सदस्यको जिम्मेवारी पुरा गरिसकेका पत्रकार विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षसमेत हुन् । रेडीयो, टेलिभिजन, छापा तथा अनलाईन सवै माध्यममा पत्रकारिताको अनुभव बटुलेका विश्वकर्मा झण्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सकृयरुपमा कलम चलाउँदै आएका छन् ।

यस अघि पत्रकार विश्वकर्मा लायन्स क्लब अफ विराटनगर एक्टिभ, लायन्स क्लब अफ विराटनगर टंकिसिनुवारी, लायन्स क्लब अफ विराटनगर युनाईटेटबाट संयुक्तरुपमा कदर पत्रबाट सम्मानित भइसकेका छन् । त्यस्तै उनले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानबाट ‘पि एल ओ गु्रप लायन्स सर्वोत्कृष्ट विद्युतीय सञ्चारकर्मी पुरस्कार’ समेत प्राप्त गरिसकेका छन् ।

त्यस्तै अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु, महिला उद्यम समितिका पूर्व अध्यक्षहरु लगायतलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको उपाध्यक्ष निरौलाले जानकारी दिए ।

तीन÷तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि हुन लागेको हो । गत ८ मंसिरमा बसेको महासंघ मोरङको कार्यसमिति बैठकले जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेला स्वास्थ्य मापदण्ड पालना गर्दै मंसिर २९ गते गर्ने निर्णय गरेको थियो ।

अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । अधिवेशनले महासंघको कार्यसमितिका लागि २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गर्ने महासचिव गोपाल काफ्लेले जानकारी दिए । उनका अनुसार महासंघ मोरङमा ५ सय बढी उद्यमीहरु संगठित रहेका छन् ।

अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनीसमेत हुने महासचिव काफ्लेले जानकारी दिए ।

उनले अधिवेशनको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिस कुसियतले गर्ने कार्यक्रम रहेको र कोरोना संक्रमणको जोखिमका कारण अनिवार्यरुपमा मास्क स्यानिटाइटरको प्रयोग गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम आयोजना गरिएको बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह...

ओली-प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...

आज र भाेलि यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ भदौ-आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेका सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का १/२ स्थानमा भारी...

बालकोटमा जुट्यो सहमति : माधव छाडेका नेता एमालेमै रहने, भोलि स्थायी कमिटी बैठक

काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा...

छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी चन्द्रकलाको ९ दिनपछि मृत्यु

विराटनगर । छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका – ३ की २६ बर्सिया चन्द्रकला रायको उपचारको क्रममा मृत्यु भएको छ । निर्घात कुटपिट गरेको नौ दिनपछि उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा आइतबार दिउँसो...

देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ । सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो । प्रदर्शनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्