गौतमबुद्ध कप क्रिकेट : टिम नारायणीको विजयी सुरुआत

 न्यूज विराट
गौतमबुद्ध कप क्रिकेट : टिम नारायणीको विजयी सुरुआत

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुआत गरेको छ ।

बागमती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुआत गरेको हो । सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वागमतीले २० रन मात्र बनाउन सक्यो । यसअघि बागमती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।

बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा तीन टिम बागमती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए ।

बागमतीको कप्तानमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले गरेका छन् । यस्तै, नारायणीको कप्तान सुवास खकुरेल रहेका छन् । यसअघि पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हालेका हुन् । राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि बागमती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल ३० मंसिरमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकूद परिषद्को सदस्यसचिव सूर्य भण्डारीले उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

कोरोनाको खोप बन्ने आशा निराशामा बदलियो

एजेन्सी, बैशाख १२ -कोरोना भाइरसको संक्रमणमा एक प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि ¥यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो । यसलाई लिएर संसारभरमा निकै आशा गरिएको थियो । यसको नाम रेमडेसिभियर...

२२ जना विदेशी प्रहरीको सम्पर्कमा

इनरुवा, २३ चैत-भारतबाट आएर सुनसरीका २ मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदैं भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले...

विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित...

कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु

जनकपुर, १ भदौ-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत ३१ साउनमा आइसोलेसनमा भर्ना भएका धनौजी गाउँपालिका—३ का ६५ वर्षीय पुरुषको सोमवार मृत्यु...

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

पोखरीमा डुबेर विराटनगरका एक जना युवाको मृत्यु

विराटनगर । विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।...

कोशीमा म्युजिकल चेयरको खेल सकियो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्