घरेलु तथा सना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौलाको सम्भावना बलियो

 न्यूज विराट
घरेलु तथा सना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौलाको सम्भावना बलियो

विराटनगर, २५ मंसिर–नेपाल घरेलृु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन नजिकिँदै गर्दा आगामी कार्यकालका लागि सफल एवम् युवा उद्यमीहरु कार्यसमितिको नेतृत्वमा चयन हुने बलियो सम्भावना रहेको छ ।

युवा उद्यमीहरुले महासंघलाई नयाँ उचाईमा पुर्याउने भन्दै युवा नेतृत्वकै लागि जिल्लाका अधिकांश उद्यमीहरुबिच चर्चा चल्ने गरेको छ । यस पटकको अधिवेशनबाट महासंघको नेतृत्वमा युवा उद्यमी चयन गर्ने जिल्लाका अधिकांश उद्यमीको चाहना रहेकाले अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत कार्यसमितिमा सवै युवा उद्यामीहरुनै चयन हुने रम्भावना रहेको हो ।

महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा सफल उद्यमी चेतन निरौला सर्वसम्मत चयन हुने सम्भावना रहेको श्रोतले जनाएको छ । अधिवेशनबाट आफ्नो क्षेत्रमा सफल उद्योगीको पहिचान बनाएका युवा उद्यमीहरुको टिम बन्ने प्राय निश्चीत जस्तै बनेको छ ।

आगामी मंसिर २९ गते विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा हुने अधिवेशनबाट निरौलाको अध्यक्षतामा गोपाल काफ्ले, एकराज ढकाल, फणिन्द्र अधिकारी, बिजय राय, भुपाल थापा, जयकमल अग्रवाल, सुमन प्रसाई, सुमि चौलागाई, प्रेम न्यौपाने, दामोदर पोखरेल, रमेश राउत, रिता दाहाल, जीना श्रेष्ठ, लालबहादुर भगत लगायतको टिम बन्ने बलियो सम्भावना रहेको वर्तमान महासचिव गोपाल काफ्लेले जानकारी दिए ।
उनले अधिवेशनबाट सफल र युवा उद्यमीहरुले नेतृत्व लिने गरि सर्वसम्मतरुपमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । त्यस्तै महिला उद्यम समितिको अध्यक्षमा सुनिता छाराहाङ चयन हुने निश्चीत जस्तै रहेको महासंघ श्रोतले जनाएको छ ।

आगामी मंसिर २९ गते विराटनगरमा हुने महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको तयारी तीब्र पारिएको हो ।

तीन÷तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि हुन लागेको हो । गत ८ मंसिरमा बसेको महासंघ मोरङको कार्यसमिति बैठकले जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेला स्वास्थ्य मापदण्ड पालना गर्दै मंसिर २९ गते गर्ने निर्णय गरेको थियो ।

महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले अधिवेशनको सम्पूर्ण तयारी तीब्र पारिएको बताए । उनले अधिवेशनका लागि सदस्यता नविकरण तथा उद्यमीहरुलाई संगठित हुन आव्हान गरेका छन् । उनले लघु, घरेलु तथा साना उद्योगीका समस्या तथा आवाज बुलन्द गर्ने सो महासंघमा जिल्लाभरीका उद्यमीहरुलाई सदस्यता लिएर संगठित हुन आग्रह गरेका छन् ।

उपाध्यक्ष निरौलाका अनुसार देशका ७७ वटा जिल्ला, सवै प्रदेश तथा विभिन्न स्थानीयतहहरुमा महासंघका शाखा रहेका छन् । उनले माहासंघ मोरङले हालसम्म जिल्ला ७ स्थानीयतहमा इकाईसमेत गठन गरिसकेको र अव सवै स्थानीय तहमा गर्ने योजना रहेको जानकारी दिए ।

अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । अधिवेशनले महासंघको कार्यसमितिका लागि २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गर्ने महासचिव गोपाल काफ्लेले जानकारी दिए । उनका अनुसार महासंघ मोरङमा ५ सय बढी उद्यमीहरु संगठित रहेका छन् ।

उपाध्यक्ष निरौलाका अनुसार अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु तथा सामाग्रीहरुको प्रर्दशनीसमेत हुने छ । अधिवेशनमा अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनी हुने छ ।

अधिवेशनको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिस कुसियतले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका अवसरमा महासंघका निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष हरु, महिला उद्यम समितिका पूर्व अध्यक्षहरुलाई सम्मानसमेत गरिने उपाध्यक्ष निरौलाले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण अनिवार्यरुपमा मास्क स्यानिटाइटरको प्रयोग गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अनुसार अधिवेशन आयोजना गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

आज धेरै स्थानमा पानी पर्ने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने तथा...

कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डाक्टर रोशन, कसले कति ल्याए मत ?

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।मंगलबार...

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

रतुवामाईमा मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, १३ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढिकरण अभियान सुरु गरेको छ । मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रताका...

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

अपांगता दिवसको पूर्वसन्ध्यामा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । अपांगता दिवसको पूर्वसन्ध्यामा सामर्थ्य समाजद्वारा विराटनगरमा दिप प्रज्वलन गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता र अपांगता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय अपांगता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धताू भन्ने मुल नाराका...

वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ । वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै पौडेललाई निगमका कर्मचारीले पछिल्लो डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्