पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

विराटनगर, २५ मंसिर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरंगको विराटनगरमा १७, केराबारीमा १५, उर्लाबारीमा ८, बुढीगंगामा ५, बेलबारीमा ३, लेटाङमा २, कटहरी, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ र स्थानीय तह नखुलेका २ जना, झापाको विर्तामोडमा १२, दमकमा १०, शिवसताक्षी र हल्दिबारीमा ३–३, कनकाई र कमल गाउँपालिकामा २–२, मेचीनगर र अर्जुनधारामा १–१, ताप्लेजुङको फुङलिङमा २, मिक्वाखोला, श्रीजंगा र फक्ताङलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र चौविसेमा १–१, संखुवासभाको सिलिचोङ र सभापोखरीमा १–१, खोटाङको साकेला, उदयपुरको बेलका, इलामको माई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ ।

प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २१, विराट सामुदायिक भवन आईसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २, विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ ।

प्रदेश १ मा आज ९३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६० महिला र ११५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार १५९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...

उपत्यकामा एकै दिन थपिए ३ हजार १ सय १७ संक्रमित

काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

‘एभरेष्ट कार्निभल ’ सुरू, विद्यार्थीले देखाए प्रतिभा

विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ सुरू भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल सुरु भएको हो । कार्निभलको पहिलो दिन एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि...

कोशी प्रदेशसभाको बैठक बुधबार

विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।...

यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

विराटनगर । विपन्न सामुदायका यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । ७९ जना यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई बुधबार विराटनगरमा राहत सामाग्री वितरण गरिएको हो । समलंगी तथा तेस्रोलीगीहरूको घृणा विरुद्धको दिवसको अवसर...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वविद्यालयले विराटनगरमा बिहीबार पत्रकार सम्मलेन गरी मंसिर २१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्