बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा

 न्यूज विराट
बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा

काठमाडौं, २५ मंसिर-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक ‘वाद’देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरू समेटिएका छन्  ।

पुस्तकका सन्दर्भमा भट्टराई भन्छन्, ‘पुराना पार्टीहरू र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्तकलाई वैचारिक बहसको थालनीको रूपमा लिएको छु ।’

पुस्तकमा डम्बर खतिवडाले भूमिकामा लेखेका छन्, ‘ ..यो पुस्तकले एक्काइसौँ शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ ।’

‘अर्थ-राजनीतिक विमर्श’ पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र विशेषत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक प्रदान गर्ने सांग्रीला बुक्सकाे विश्वास छ ।  २ सय ७४ पृष्ठ लामाे पुस्तककाे मूल्य ४ सय ६४ रुपैयाँ राखिएकाे छ ।

सम्बन्धित समाचार

आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा...

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर अनुसन्धान ब्यूरोमा उजुरी

काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...

कोशीमा म्युजिकल चेयरको खेल सकियो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...

शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति...

कानुनले बाटो देखाउने हो, डर होइन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले...

कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २८ जेठ-कञ्चनपुरमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी २ र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा...

थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, १३ साउन-सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्