‘भौतिक संरचना, प्रयोगकर्ता मैत्री बनाऔं’

 न्यूज विराट
‘भौतिक संरचना, प्रयोगकर्ता मैत्री बनाऔं’

विराटनगर, २४ मंसिर–भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि सहज हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको पुर्नस्थापना र विद्यमान संरचनाको विषयमा सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले निर्माण गरिरहेका संरचनाहरु प्रयोगकर्तामैत्री हुने बताए ।

निर्माण भईरहेका र निर्माण हुने संरचना प्रयोगकर्तामैत्री हुने उनले बताए । मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा सम्म पुग्नका लागि पुरानो संरचनालाई सुधार गरिएको बताए । उनले भने,‘ अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापना गरिएको सूचना केन्द्र मन्त्रालयको आँगनमा नै निर्माण गरिएको छ ।’

कार्यक्रममा नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) का माधवराज भट्टले पूर्वाधार अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्ता मैत्रीहुनु पर्नेमा जोड दिए । अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्तामैत्री भएसवैका लागि हुने उनको भनाई छ ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल वस्नेतले प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरु प्रयोगकर्तामैत्री हुनुपर्ने बताए । प्रदेश सरकारका मन्त्रालयहरु प्रयोगकर्ता मैत्री नभएको उनको भनाई छ । प्रदेशका मन्त्रालय अहिले पुरानै संरचनामा भएपनि सामान्य रुपमा पनि प्रयोगकर्ता मैत्री बनाउन ध्यान नगएको गुनासो गरे ।

उनले भने,‘ प्रदेश सरकारले तीन पटक बजेट ल्याईसक्यो, तर भएका संरचनाहरुको सामान्य मर्मतमा पनि ध्यान गएको देखिएन ।’ सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपाङ्गमैत्री पूर्वाधार निर्माणका लागि नेपाल सरकारले २०६९ मै निर्देशिका जारी गरेपनि अझैपनि पूर्णरुपमा कार्यन्वयन हुन नसकेको बताइन् ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, वुढीगंगा, कटहरी र ग्रामथान र विभिन्न अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो । प्रतियोगिताका...

इनारमा डुबेर वृद्धाको मृत्यु

विराटनगर, २५ वैशाख-मोरङमा इनारमा डुबेर १ वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ बेलगौकी ६० बर्षीया सानुमाया लम्साल रहेकी छिन् । बिहीबार दिउँसो साढे १ बजेको समयमा लम्सालको आफ्नै घर अगाडि रहेको...

सीमा सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा 

डडेल्धुरा, ९ असोज-गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्दै...

१ घण्टाको अवधिमा कतार एयरका २ उडान

कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

विराटनगर, माघ १६–विभिन्न १० संगठनले प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ हुनुपर्ने माग राखेका छन् । लिम्बुवान संघर्ष समितिमा आवद्ध ती संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलनसमेत गर्ने भएको छ । वर्तमान प्रदेश १...

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ । विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्