विज्ञापन बोर्डको कार्यालय स्थापना

 न्यूज विराट
विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बोर्डको कार्यालयको उद्घाटन गरे । कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहत रहने गरी गठन भएको बोर्डमा अध्यक्षसहति नौ जना सदस्य रहने व्यवस्था छ । बोर्डको अध्यक्ष भने खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने व्यवस्था छ । साथै बोर्डका सदस्यमा गृहमन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक–एक जना सहसचिव पनि रहने व्यवस्था रहेको छ । विज्ञापन बोर्ड नेपाली सञ्चार क्षेत्रमा रहेको विज्ञापन बजारको नीति निर्माण अनुगमन र नियमन गर्न गठन गरिएको हो ।

सम्बन्धित समाचार

विराटनगरमा भूकम्पको धक्का महसुस

विराटनगर, १५ वैशाख । विराटनगरसहित पूर्वी नाकामा आज विहान भूकम्पको धक्का महसुस भएकाृ छ । प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको...

सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

विराटनगर, माघ १३–सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन तराईका विभिन्न जिल्लाहरूमा पनि बिक्रीका लागि जाने गरेको छ । भोजपुरका सुन्तला धनकुटा,...

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, जेठ ३-नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु-११ की २८ वषीया महिला,...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी

विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भनरमा निर्वाचित भएका छन् । अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नरमा शनिबार निर्वाचित भएका हुन् । विराटनगरमा शनिबार...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्