६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

 न्यूज विराट
६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

कुल संक्रमितमध्ये २ लाख ३० हजार ५७३ जना निको भएका छन् । बुधबार थप १ हजार ४८३ जना निको भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ९४.३ प्रतिशत निको भएको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर १२ हजार २४५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ । ५२५ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित समाचार

रंगेलीका मेयर बगडीया पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य नियुक्त

विराटनगर । रंगेली नगरपालिकाका विकासप्रेमी मेयर दलिप बगडीया पूर्वाञ्चल विश्व विद्यालय सभा सदस्यमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर बगडीयालाई गत वैशाख १२ गते विश्वविद्यालय सभाको सदस्यमा नियुक्त गरेका हुन् । पूर्वाञ्चल...

कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।...

डाक्टर दिपक सिग्देलसहित पाँच जना चिकित्सक ११ औं तहमा बढुवा

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।...

जुवाडे एमाले नेता माझीसहित ९ जना धरौटीमा रिहा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउ गरेका माझीसहित ९ जना जुवाडेलाई शुक्रबार जनही ३० हजार रुपैयाँ धरौटीमा...

अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको...

भारत लैजान लागेको तीन जना किशोरीको उद्धार

विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धान प्रतिवेदन फिर्ता

एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ । हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने  वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको...

विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्