अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

 न्यूज विराट
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।

सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो । भर्चुअल रूपमा दुवै देशका प्रतिनिधि सहभागी रहेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा र प्रवर्द्धन गर्ने सहमतिअनुसार चीनले उचाइ नाप्न थालेको थियो । नेपालले भने सीको भ्रमणअघि नै उचाइ नापिसकेको थियो ।

दुई सय वर्षको इतिहासमा नेपाल आफैँले सगरमाथाको उचाइ नापेको थिएन । सन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको थियो ।

सम्बन्धित समाचार

समाजवादी पार्टी र राजपा एकता, राप्रपाको शुभकामना

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो...

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । विराटनगरमा आजबाट सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

गैरसांसद सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल...

विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा पराजुलीले...

पेरिसडाँडामा नेकपा बैठक

काठमाडौं,  ४ असोज-काठमाडौं,  ४ असोज-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका...

स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् ।अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् ।नेत्रहीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्