स्थायी कमिटी बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावसहित)

 न्यूज विराट
स्थायी कमिटी बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेस गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्बाेधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को नाम परिर्वतन गरेर नेपाल मात्र राख्दा गणतन्त्रविरोधी उत्साहित भएको उल्लेख गरेका छन् ।

‘सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट उत्साहित गणतन्त्र विरोधीहरू आज खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन्,’ उनले पेस गरेको प्रस्तावमा उल्लेख गरेका छन्, ‘नेकपाको सरकार र गृह प्रशासन यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरूमा दमन गर्ने र गणतन्त्रविरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ ।’

पूर्वमन्त्री गृहमन्त्रीसमेत रहेका शर्माले स्थायी कमिटी बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्नसमेत आग्रह गरेका छन् । ‘संघीयताको पक्षधर सबै पार्टीको बीचमा छलफल आयोजना गरी जनभावनाअनुसार सरकारका कमीकमजोरीहरू सच्याउँदै जनतामा देखिएको असन्तुटिलाई सम्बोधन गर्न अब ढिला गर्नु हुँदैन,’ उनले पेस गरेको प्रस्तावमा भनेका छन् ।

अध्यक्षद्वय,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ।

                विषय : बिशेष प्रस्तावमा तत्काल छलफल गर्नेबारे ।  

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन । यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन । नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ । यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हुँदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ । जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ । तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुदैन । 

मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ  । अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गनु पर्दछ । म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु ।

सम्बन्धित समाचार

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...

परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ कात्तिक-गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको...

२४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, १९ हजार ११९ निको भए

काठमाडौं, ९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८५५ जनामा...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले...

रथयात्राको तयारी अन्तिम चरणमा

विराटनगर, २ भदौ । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथयात्रा निकाल्नका लागि सम्पूर्ण तायारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज विहान मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्