रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

 न्यूज विराट
रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।

कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ ।

खोप विकासमा संलग्न अधिकारीले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।

खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ । दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणले आफ्नो नाम दर्ता भएका छन् ।

मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसंख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ ।

पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने उनले बताए । उनले दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा सम्लग्न नगराइने बताइएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो...

वृद्धको मृत्युपछि विराटनगरको आइसिपी क्षेत्र तनावग्रस्त, दश राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । विराटनगर – १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुन्छः आचार्य

विराटनगर, १४ माघ । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) प्रचण्ड समूहका प्रदेश नं १ इन्चार्ज भीम आचार्यले प्रदेश सभामा पेश गरिएका मुख्यमन्त्रीको विरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार...

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

विराटनगर, २४ साउन । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको भूमी, व्यवस्था, कृषि तथा...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्