बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

 न्यूज विराट
बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको संख्या कम भएको छ ।

थपिएका संक्रमितमध्ये पुरुष ७ सय ८८ र महिला ४ सय ८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार ५७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८४७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको संख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार ८६१ पुगेको छ।

काठमाडौं उपत्यकामा आज ६ सय ६ सङ्क्रमित थप भएका छन् । जसमध्ये ३ सय ५९ पुरुष र २ सय ४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौंमा पाँच हजार ९ सय ९६, ललितपुर १ हजार २ सय ५५ र भक्तपुरका ५ सय ४० सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७२१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३९४ होम आइसोलेसनमा छन् ।  प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, वाग्मती प्रदेश पाँच हजार ९७४, गण्डकी प्रदेश ४५९, लुम्बिनी प्रदेश एक हजार ३०२, कणार्ली प्रदेश ८४ र सुदूरपश्चिम प्रदेशमा ५५८ रहेको छ ।

देशभर आजसम्म ३२८ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् । रासस 

सम्बन्धित समाचार

कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा शिलिण्डरमा कम ग्यास भएको पाइएको छ । विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको...

शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...

प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...

प्रदेश १ मा परिक्षणको दायरा बढ्यो, एकै दिन १९ सयको कोरोना परीक्षण

विराटनगर, साउन २८–प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार...

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरे:ईश्वर पाेखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई...

मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

विरानटनगर, १५ फागुन । विराटनगरमा आयोजित मारवाडी प्रिमियर लिगको ८ औं संस्करण महेश्वरी युवा मञ्चले जितेको छ । विराटनगर तीनपैनीस्थित खेलमैदानमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ओसवाल युवा क्लबलाई ११ रनले पराजित गर्दै महेश्वरी युव...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्