बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

 न्यूज विराट
बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको आम्दानी गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा ४८ लाख ७७ हजार खुद नाफा आर्जन गरेको छ ।

सहकारीको १२ औं स्थापना दिवस तथा बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संस्थाले लगानी वापत ११ लाख ७२ हजार ४ सय ९७ रुपैयाँ आम्दानी गरेको छ । बार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्रप्रसाद खनालले २०६५ सालमा ६३ जना शेयर सदस्यले १२ लाख ६० हजार रुपैयाँ शेयर पुँजी उठाई शुरु गरेको सहकारीमा अहिले शेयर सदस्य ७३७ जना पुगेको र १ करोड ९३ लाख ५३ हजार २ सय शेयर पुँजी पुगेको जानकारी दिए । उनले निक्षेप बचत ८ करोड ५५ लाख १७ हजार ९८८ रुपैयाँ रहेको बताए ।

अध्यक्ष खनालले आगामी दिनमा उत्पादनमुलक कार्यक्रम सञ्चालन गर्ने बताए । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यापार, पशुपालन, कृषि, वैदेशिक रोजगार, सवारी साधन खरिद, शैक्षिक कर्जा, जग्गा खरिद, घर निर्माण लगायतको क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको लेखा समितित संयोजक अविनास निधिले बताए । कार्यक्रममा १ नंं. प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

आजै मात्र ४ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ हजार ७ सय ६०

काठमाडाैं, ३२ जेठ-आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी...

कारबाही कार्यान्वयन नगर्न माग गर्दै माधव नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

काठमाडौं, २ भदौ । नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वयन नगर्न माग गर्दै माधवकुमार नेपालसहित १४ सांसद संसद सचिवालय पुगेका छन् । बुधबार संसद सचिवालय पुगेर सांसदद्वय जीवनराम श्रेष्ठ र विरोध खतिवडाले नेपालसहित १४ सांसदमाथि गरिएको...

प्रहरी निरीक्षक ऋषि राज ढकाल उत्कृष्ट प्रहरी घोषित

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कायरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौंको लागि...

आज १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...

कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ...

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने भएकाले सूतक बार्नु नपर्ने

काठमाडौं, १८ मंसिर । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका...

रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्