कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

 न्यूज विराट
कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल गर्ने गरेको गुनासो गरेपछि मुख्यमन्त्री राईले निःशुल्क गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको अनुगमन गरेका छन् । नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोरोना संक्रमित विरामीहरुले उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा अत्याधिक शुल्क लिने, धरौटी रकम राख्नु पर्ने लगायतका गुनासा आएकोले अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा मुख्यमन्त्री राई समक्ष मोरङको वुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोरोना संक्रमित विरामीका आफन्तले ८ मंसिर अघिसम्म ३ लाख रुपैयाँसम्म धरौटी राख्नु पर्ने, सरकारको तोकेको भन्दा ज्यादा साधारण , सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउंदा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए ।

भोजपुर हतुवागढी–४ का राजकुमार राईले आफ्नो फुपु संक्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा शिक्षण अस्पतालले तीन लाख धरौटी माँग गरेकोमा भनसुनवाट ५० हजार रुपैयाँ धरौटी राखेको मुुख्यमन्त्री राईलाई जानकारी गराए । सो अवसरमा मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई संघीय सरकारको नीति अनुसार ३ मंसिरदेखि निजी क्षेत्रको कोभिड अस्पतालले संक्रमित विरामीको उपचार निशुल्क गर्न निर्देशन दिए ।

उनले ‘म आफै उपचार गर्छु’ भन्ने वाहेक संक्रमितको उपचार खर्च नेपाल सरकारले भुक्तानी दिने भएकाले सवैको उपचार निःशुल्क गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री राईले महामारीको यस समयमा कोरोनो नियन्त्रण, रोकथाम गर्नुसवैको कर्तव्य भएको बताउँदै नागरिकलाई अकाल मृत्युबाट जोगाउन सरकारले उपचार सेवालाई सहज र निःशुल्क बनाएकाले सोही अनुसार गर्न अस्पतालहरुलाई निर्देशन दिए ।
उनले विरामीका आफन्तबाट आएका गुनासा सम्वन्धीत अस्पताल, जिम्मेवार पक्ष र प्रशासनसँग वसेर छलफल गरी सम्वोधन गर्ने बताए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले संघीय सरकारको प्रोटोकल अनुसार निजी क्षेत्रको कोभिड अस्पतालले नागरिकलाई निशुल्क उपचार सेवा उपलव्ध गराउन निर्देशन दिए । उक्त अवसरमा विराट शिक्षण अस्पतालका निर्देशक डा.ज्ञानेन्द्र कार्कीले नेपालको सरकारको परिपत्र अस्पष्ट रहेको हुनाले सक्षम वाहेक गरीव, असहायलाई स्थानीय निकायको पत्र अनुसार ८ मंसिरदेखि निःशुल्क उपचार सेवा दिइरहेको दावी गरे ।
उनले कोभिड संक्रमित उपचारमा खट्ने चिकित्सकको मासिक दुई लाख २० हजार र स्टाफ नर्सलाई एक लाख २८ हजार रुपैयाँ तलव भुक्तानी दिएको बताउदै सेवा अनुसार सरकारबाट पाउने रकम न्यून भएको गुनासो गरे ।

मुख्यमन्त्री राईले विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पताल र विराटनगर–९ स्थित न्यूरो अस्पताल को पनि निरीक्षण गरेका छन् । अनुगमनको क्रममा मुख्यमन्त्री समक्ष विरामीका आफन्तले नोबेल अस्पतालको सघन कक्षमा विरामी भेट्न जाँदा प्रत्येक पटक २ हजार रुपैयाँ मूल्य बरावरको पिपीइ लगाउनु पर्ने प्रावधान राखेको र चिकित्सकबाट गुणस्तरीय सेवा सुविधा नपाएको गुनासो गरे ।

नोबेल अस्पतालले कोभिड विरामीसँग दैनिक २० हजार रुपैयाँ उपचार खर्च लिने गरेको छ । सो अवसरमा नोबेल अस्पतालका प्रवन्धक राजेश नेपालले संघीय सरकारको निःशुल्क उपचारका लागि पत्र नआएकाले शुल्क लिएको बताए । त्यसैगरी न्यूरो कोभिड अस्पतालले संक्रमित विरामीको उपचारका लागि दैनिक ३० हजार रुपैयाँ उपचार सेवा लिएरहेको अस्पतालमा उपचार गराइरहेका विरामीका आफन्तले बताएका छन् । सामाजिक विकासमन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएकाले अविलम्व निःशुल्क उपचार सेवा प्रवाह हुनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

कालीकोटका २५ जनाले कोरोनालाई जितेर घर फर्किए

कालीकाेट, ३२ जेठ-विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएपछि १८ जेठदेखि आइसोलेसनमा बसेका २९ जनालाई आइसोलेसनमा भर्ना गरिएकाेमा तीमध्ये पीसीआर रिपाेर्ट नेगेटिभ आएका २५ जनालाई...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना...

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई

विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक विदाई कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई...

विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

विराटनगर । विराटनगर – ३ पुष्पमार्गमा शनिबार बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘खतरा ’ भन्ने लेखेर पुष्पमार्गमा मबिलको बट्टा राखिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा...

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

विराटनगरको लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ । शैक्षिक क्षेत्रमा इतिहास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्