शिपमुलक तालिममा प्रदेश १ सरकारले एकरुपता ल्याउने

 न्यूज विराट
शिपमुलक तालिममा प्रदेश १ सरकारले एकरुपता ल्याउने

विराटनगर, ११ मंसिर–प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच छलफल भएको हो । प्रदेश स्तरमा उद्यमशिलता संवन्धि तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरि तीनवटा मन्त्रालयवीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताए ।

उनका अनुसार चालु आर्थिक बर्ष २०७७÷०७८ मा तीनवटै मन्त्रालय, संघको सशर्त र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले तालिमका लागि करिव ३० करोड बजेट विनियोजन भएको छ । गौतमले भने ‘कोरोना संक्रमणका कारण सवै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल शुरु गरिएको हो ।’

आजको छलफलले सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीनवटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गरिएको छ । कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिईएको छ ।

कार्यदलको सुझाव अनुसार नीतिगत रुपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमले बताए । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

झापामा कोरोना संक्रमणको आशंका

भद्रपुर, २ चैत–झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक...

अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालयपरिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले...

सर्लाहीमा भारतीय नागरिकद्वारा सशस्त्रको हतियार खोस्ने प्रयास

सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

एनसिडिए मोरङद्धारा जनचेतना मुलक कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्