कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

 न्यूज विराट
कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासंग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट गरे ।

मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद् भएको बताउँदै भने, ‘सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।’
सरकारका प्रवक्ता गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिका लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाइमा पुर्‍याउन सरकारसँग आग्रह गरे । साहित्यकार एमबी खड्काद्वारा लिखित ‘डाँडाको लाँकुरी’ कवितासंग्रहमा ५० कविता समाविष्ट छन् । त्यसैगरी ‘दोलखाली सर्जक’ मा २४ पुस्तकमाथिका समीक्षा संलग्न छन् । रासस 

सम्बन्धित समाचार

जम्मू-कश्मीरकाे मन्दिरमा भागदाैड मच्चिँदा कम्तीमा १२ जनाकाे मृत्यु

एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....

मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ?...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर

विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...

कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ...

विराटनगरको श्री हस्पिटलमा ठगी धन्दा, एम्बुलेन्सलाई कमिसन दिएर बिरामी कब्जा !

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिने गरेको पाइएको छ ।विरामी लगेवापत चालकलाई मटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो...

ओबामाद्वारा ट्रम्प प्रशासनको ‘अस्तव्यस्त’ प्रयासको आलोचना

एजेन्सी, बैशाख २८-अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका...

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्