सुरु भयो कक्षा १२ को परीक्षा

 न्यूज विराट
सुरु भयो कक्षा १२ को परीक्षा

काठमाडौं, ९ मंसिर-कोरोना भाइरस (कोभिड-१९) महामारीकाबीच कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोनाका कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि सुरु भएको हो । परीक्षा होम सेन्टरबाट लिइएको छ । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र सयम पनि घटाइएको छ । डेढ घण्टामा ४० पूर्णाङ्कमा लिखित परीक्षा लिइएको हो । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने छ ।

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न राष्ट्रिय परीक्षा बोर्डले सबैलाई अनुरोध गरेको छ । एउटा कोठामा २० जना विद्यार्थी राख्नुपर्ने, अनिवार्य मास्क लगाउने, विद्यार्थीलाई २ मिटरको दूरीमा राख्ने, परीक्षा अगाडि र परीक्षा सकिएपछि भीडभाड नगर्न बोर्डले अनुरोध गरेको छ । कोरोना संक्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । परीक्षामा ४ लाख ३३ हजार विद्यार्थी सहभागी छन् ।

सम्बन्धित समाचार

मनमोहन प्राविधिक विश्वविद्यालयमा वातावरणीय प्रभावबारे छलफल

विराटनगर, ४ पुस-मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय बनेपछि त्यसको त्यसले पार्ने वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) का लागि छलफल सुरु भएको छ । विश्वविद्यालय निर्माण सम्पन्न हुँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव मुल्यांकनका विषयमा...

सेनाको जहाजमार्फत् जिल्लाजिल्लामा सामान पठाइँदै

नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

भीम पराजुली संसदको ढोका खोल्न सफल

विराटनगर । मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका...

विराटनगरमा चारसहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास...

सिरहाका ७ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

सिरहा, १९ भदौ-आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ७  स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी १० असाभित्रै बजेट ल्याइसक्न...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्