मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै, टिकट अब फोनमै

 न्यूज विराट
मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै, टिकट अब फोनमै

कोरोना भाइरसको महामारीका कारण झण्डै सात महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार छिट्टै नै सञ्चालनमा आउने भएको छ ।

कम्पनीले आफ्नो २३औँ वर्ष प्रवेशको अवसर पारेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई केबुलकार खोल्ने तयारी भइरहेको जानकारी दिएको हो ।

केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योरअनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरी स्थानीय तह र उद्योगी व्यवसायीस“ग समन्वय गरिरहेको जनाएको छ ।

पहिला स्थानीयको सुरक्षाका लागि समेत केबुलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी÷व्यवसायी पनि केबुलकार खोल्ने खबरले उत्साहित भएकाले स्थानीय तहको स्वीकृतिमा छिट्टै नै खुला गरिने कम्पनीको भनाइ छ ।

कोभिडपछिका दिनहरूमा केबुलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । ई–सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन–पेमार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् ।

सुगमदेखि दुर्गम क्षेत्रसम्म ई–पेको पहु“च पुगिसकेको छ । नगदरहित कारोबार, यात्रु सेवा सहजतासँगै भीडभाड कम हुने कुरालाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यात्रु तथा आप्mनो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने, यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस शिल्ड, मास्क, स्यानिटाइजरको व्यवस्था गर्ने जनाएको छ ।

कम्पनीका अनुसार स्यानिटाइजर, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रममापन, मास्क, फेस सिल्ड र फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरूलाई पीपीईलगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरी छिट्टै नै पुनः सेवा सञ्चालन गरिन लागिएको हो ।

कम्पनीले कुरिनटार स्टेसन र मन्दिरक्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरिसकेको छ । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केबुलकारको यात्रा गरिसकेका छन् ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

राजविराज, १४ असार-पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा सुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी,...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

विराटनगर, साउन २७-कोरोना संक्रमण देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका सहायक निर्देशक डा. विकास साहले सूचना जारी गर्दै कोरोना फैलिइरहेकाले स्थानीय प्रशासनले समेत...

बीपी प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर– १२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्