आज १ हजार ३१३ जनामा कोरोना संक्रमण
काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...
विराटनगर, ८ मंसिर–प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुर्नस्थापना सम्वन्धि कार्यक्रमका विभिन्न सीपमुलक तालिम र विश्वविद्यालयका सीप मुलक तालिम सञ्चालनका लागि २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिए ।
सम्झौता अनुसार विराट क्याम्पसको भवनमा तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवस्यक मर्मतको कार्य करुणा फाउण्डेसनले गर्ने भएको छ । फाउण्डेसनले मर्मतका लागि करिव ५० लाखको लागत स्टिमेट तयार गरेको छ ।
सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरल, करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।
विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो । विराट क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।
मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिव १ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गरिने मन्त्री घिमिरेले बताए ।
काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...
काठमाडौं, ३१ भदौ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् । डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल...
काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...
काठमाडौं, २२ असार-पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितभन्दा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढी छ । सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ भने सय ६४ जना संक्रमित निको...
काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि २ अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड) आज पनि वार्तामा जुटेका छन् । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल...
विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय...
काठमाडौं, जेठ १८–आज पनि देशका विभिन्न भूभागका मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय...
विराटनगर, ११ वैशाख । यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेललाई समर्पण गरिएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा कार्यक्रम गरी १५ हजार ५१ हजार रुपैयाँ राशिको जनार्दन...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.