ललितपुरमा साढे ९ हजार संक्रमितले जिते कोरोना

 न्यूज विराट
ललितपुरमा साढे ९ हजार संक्रमितले जिते कोरोना

ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६९ र मृतकको संख्या १ सय १८ पुगेको कार्यालय प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको संख्या बढेको छ । महानगरपालिकामा रहेका कुल ७ हजार ७२ संक्रमितमा ५ हजार ९ सय २६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताए । उनले भने, ‘महानगरपालिकामा सक्रिय संक्रमित संख्या एक हजार ४५ र मृतकको संख्या ४८ पुगेको छ ।’

त्यस्तै, गोदावरीमा आजसम्म कुल कोरोना संक्रमित संख्या ८ सय ९९ र यसमा निको भएर घर फर्कनेको संख्या ६ सय ८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय संक्रमित २ सय ४ र मृतकको संख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए ।

महालक्ष्मी नगरपालिमा संक्रमित संख्या एक हजार ५ सय ४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको संख्या एक हजार ३ सय पुगेको छ । नगरपालिमा सक्रिय संक्रमित २ सय ३४ र मृतकको संख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना संक्रमित संख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।

महाङ्कालका एक व्यक्ति होम आइसोलेसन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।’ बागमतीमा कोरोना संक्रमितको संख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि ६/६ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए । रासस 

सम्बन्धित समाचार

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

बूढानीलकण्ठमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ, १२ जेठ -बूढानीलकण्ठ नगरपालिकामा थप १ जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ– ३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

पूर्वाञ्चल विद्या सदनको सन्देशमुलक प्रर्दशन

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरस्थित पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले सन्देशमुलक प्रर्दशन गरेका छन् । उनीहरुले विराटनगरको ट्राफिक चोकमा आज साझ सन्देशमुलक सामाग्रीहरु बोकेर प्रर्दशन गरेका हुन् ।पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले बुद्ध...

कालापानी निरीक्षणमा गएका प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे 

काठमाडौं, ३ असार -नेपाल-भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुगेका छन् । उनीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

विराटनगर, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताले आज छलफल गर्ने भएका छन् । ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका...

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौं, ६ असोज-केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्