पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

विराटनगर, ७ मंसिर–पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट नौ र विराट मेडिकल कलेजबाट आठ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय ९९ पुगेको छ ।

प्रदेश १ मा आइतबार २ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा छ÷छ, खोटाङमा तीन , उदयपुरमा दुई, धनकुटा र पाँचथरमा एक÷एक र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३४, सुन्दरहरैचामा १३, रंगेलीमा छ, पथरीशनिश्श्चरेमा पाँच, सुनबर्षी र मिक्लाजुङमा तीन÷तीन, बुढीगंगा र उर्लाबारीमा दुई÷दुई, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा एक÷एक, सुनसरीको इटहरीमा ३६, धरानमा छ, बराहक्षेत्रमा चार, भोक्राहानरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा एक÷एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १२, भद्रपुरमा आठ, कमल गाउँपालिकामा सात, शिवसताक्षी र अर्जुनधारामा पाँच÷पाँच, विर्तामोड र मेचीनगरमा चार÷चार, गौरादह र कनकाईमा दुई÷दुई, गौरीगञ्जमा एक, संखुवासभाको खाँदबारीमा पाँच र सभापोखरीमा एक, इलामको इलाम नगरपालिकामा छ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा एक÷एक, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा एक, पाँचथरको फिदिममा एक र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ । योसँर्गै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ९० पुगेको छ ।

प्रदेश १ मा आइतबार ८ सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७८ महिला र १ सय ३६ पुरुषका रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ८३ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

विराटनगर । विराटनगर ९ स्थित अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच सम्झौता भएको हो ।...

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

एजेन्सी, साउन २९-कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका...

देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको...

उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी...

धनगढीमा ४ दिनदेखि बेपत्ता युवक मृत भेटिए थप

धनगढी, ८ असार-धनगढीमा ४ दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका घर भई हाल धनगढीमा डेरा गरी बस्ने १८ वर्षीय ठक्करबहादुर खड्का मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला...

मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...

साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण

विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्