काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

 न्यूज विराट
काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

काठमाडौं, ६ मंसिर-पछिलो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ३८७ महिला र ५१२ जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौंमा मात्रै ६८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा १६५ जना र भक्तपुरमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १० हजार १०१ जना सक्रिय संक्रमित रहेका छन्, त्यस्तै, ललितपुरमा २ हजार ११४ जना र भक्तपुरमा ७६९ जना सक्रिय संक्रमण रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा कुल २ लाख १८ हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै २ हजार ३२३ जना निको भएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डसँग भेटेपछि माधवले निवासतिर बोलाए आफ्ना कार्यदल सदस्य

काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...

अग्रवाललाई दिएको सुविधा खोसियो

किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको सुविधा खोसपएको छ ।परराष्ट्र मन्त्रालयले उनले पाउँदै आएको निलो प्लेट र झण्डा राख्ने सुविधा तत्काललाई खोसिएको जानकारी गराएको छ । अग्रवाल थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ...

साैराहामा जम्मा हुँदै एमाले कार्यकर्ता

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...

कोरोना रोकथाममा भुटान सफल

एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।...

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्