नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

 न्यूज विराट
नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । पौडेल अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर खुमलटार पुगेको निकट स्रोतको भनाइ छ ।

दाहालसहित सचिवालयका पाँच नेताको मागमा चार दिनअघि बसेको बैठक ‘तनावपूर्ण’ भएपछि ३ मंसिरसम्म स्थगित भएको थियो । गएको बैठकमा दुई अध्यक्षबीच आदानप्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । नेताहरुलाई उपलब्ध गराएको पत्र सार्वजनिक सञ्चारमाध्यममा हुबहु प्रकाशित भइसकेका छन् ।

दुई नेताबीचको पत्रभन्दा पनि दाहालको प्रस्तावमा ओलीको गहिरो चित्त दुखाइ छ । दाहालको प्रस्तावमा आफूमाथि निराधार आरोप लगाएको भन्दै उनी क्रुद्दमात्रै भएका छैनन्, प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश दूतहरुमार्फत पठाइसकेका छन् ।

सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको भावना प्रतिबिम्बित गर्दै ‘दुराग्रहसाथ प्रस्तुत गरिएका प्रस्ताव’ फिर्ता लिन अपिल गरिसकेका छन् । ओली निकट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल र महासचिव विष्णु पौडेलले प्रस्ताव फिर्ता लिएपछि मात्रै बैठक बस्ने अडान राखिसकेकाले सचिवालय बैठक थप अनिश्चित हुने देखिएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

चितवन, ६ असार-चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख...

शिक्षादीप कलेजमा भर्ना भएका व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी सबैको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिन अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विराटनगरमा विहिबार एक भव्य कार्यक्रम आयोजना...

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

प्रचण्ड–माधव समुहक बिद्यार्थी भेला : नेताहरुले दिए पार्टी बिभाजनकै पक्षमा यस्तो प्रशिक्षण

काठमाडौं, १९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा प्रशिक्षण कार्यक्रमले तीब्रता पाउन थालेको छ । पार्टी बिभाजन हुने लगभग निश्चित रहेको आन्तरिक सर्कुलर पठाएर देशब्यापी तयारी थालेको अध्यक्ष पुष्पकमल...

एनसीडिए कोशी प्रदेशको निर्वाचन : काफ्ले र बरालको समूह चुनावी मैदानमा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका...

२४ घण्टामा १२०७ संक्रमित थपिए, ११४७ जना डिस्चार्ज

काठमाडौं, १० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

अरनिको कलेजका २३ औं ब्याजका विद्यार्थी विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्