पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ संक्रमित थपिए, ७४० जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ संक्रमित थपिए, ७४० जना डिस्चार्ज

विराटनगर, २ मंसिर–प्रदेश १ मा मंगलबार ५६ संक्रमित थपिएका छन् । मोरङमा ३१ झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश १ बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा सात महिला १२ पुरुष, मिक्लाजुङमा तीन महिला एक पुरुष, उर्लाबारीमा दुई महिला छ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको गौरादहका तीन महिला दुई पुरुष, दमकमा दुई महिला आठ पुरुष, गौरीगञ्जमा एक महिला, मेचीनगरमा एक पुरुष, सुनसरीका बराहक्षेत्रमा दुई महिला, देवानगञ्ज र इनरुवामा एक÷एक पुरुष, इलामका एक पुरुष र प्रदेश १ बाहिरका तीन पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ७६ पुगेको छ ।

प्रदेश १ मा मंगलबार सातसय ४० जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट सात सय ३४ र विराट मेडिकल कलेजबाट छ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार आठ सय ६८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार एक सय ७६ जनाको पीसीआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म प्रदेश १ मा एक लाख ७९ हजार दुई सय ६९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र...

विराटनगरको कोवास कलेजमा एसीसीए कोर्ष सुरु हुने, विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित कोवास कलेजमा युकेको एसीसीए कोर्ष पढाई हुने भएको छ । यही नयाँ शैक्षिक शत्रबाट उक्त कोर्ष कोवासमा सुरु गर्ने भएको हो ।नयाँ कोर्ष कलेजमा संचालन गर्ने भएपछि शनिबार विद्यार्थीहरुलाई जानकारी दिनको लागि...

आन्दोलित विराटनगरका उद्योगी÷व्यवसायीलाई अर्थमन्त्री शर्माले काठमाडौं बोलाए

विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् । अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

युवा संघद्धारा विराटनगरमा राके जुलुस

विराटनर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ । एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो । पार्टी अध्यक्ष...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन

नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सात नेतालाई निलम्बन गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेम्वाङसहित नेकपा ओली समूहले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका विशाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्