श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

 न्यूज विराट
श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

जनकपुरधाम, २९ कात्तिक-जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत  भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ ।

प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ । आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ उपसभामुखमा सत्तारूढ एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । प्रदेशसभामा शनिबार भएको निर्वाचनमा ५७ मत ल्याएर दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी उम्मेदवार लिलाकुमारी राईले ३३ मत पाइन् ।...

एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना  गरी...

विद्यार्थीको रोजाइमा मेरिल्याण्ड कलेज, प्रवेश परीक्षा दिनेको भिड

विराटनगर । विराटनगर – ७ स्थित एकमात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा –११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विहान र दिवा सत्र गरि...

थप २ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५१ पुगेको छ।आज थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नया २ संक्रमित पर्सा र बिरगंजका ५० वर्षिय पुरुष भएको मन्त्रलायले जनाएको...

विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा...

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री पुगे राष्ट्रपति कार्यालय

काठमाडौं, १८ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएको स्रोतले...

डाँका मुद्दामा १ वर्ष कैद सजाय पाएका व्यक्ति एकै दिनमा मुक्त

धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष कैद सजाय भुक्तानका लागि २०७६ चैत्र ११ गते महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्